नीति तथा कार्यक्रम राष्ट्रिय सभाबाट बहुमतले पारित

बिहिबार, ३१ बैशाख, २०८३
डिजिटल संस्करण
नीति तथा कार्यक्रम राष्ट्रिय सभाबाट बहुमतले पारित

फाइल तस्बिर

आगामी आर्थिक वर्ष ०८३/८४ का लागि सरकारको नीति तथा कार्यक्रम राष्ट्रिय सभाबाट बहुमतले पारित भएको छ।

प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्लेले बिहीबारको बैठकमा जवाफ दिएपछि सभाले नीति तथा कार्यक्रम ध्वनि मतका आधारमा बहुमतबाट पारित भएको हो।

‘हुन्छ भन्ने पक्षका माननीय सदस्यहरूको बहुमत भएकाले आर्थिक वर्ष ०८३/८४ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गर्दछु,’ सभाका अध्यक्ष नारायणप्रसाद दाहालले भने।

राष्ट्रिय सभामा सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीबाट कुनै प्रतिनिधित्व छैन।

सुझावित समाचार