बाँच्ने अर्को उपायको खोजीमा राहत शिक्षकले राम्रो पढाउँदैनन् : महावीर पुन

बिहिबार, ३१ बैशाख, २०८३
डिजिटल संस्करण

पूर्वशिक्षामन्त्री एवं स्वतन्त्र सांसद महावीर पुनले राहत कोटाका शिक्षकलाई स्थायी बनाउन माग गरेका छन्। गुजाराकै लागि अर्को विकल्प खोज्नुपर्ने बाध्यताका कारण राहत कोटाका शिक्षकको कार्यक्षमता प्रभावित भएको उल्लेख गर्दै पुनले स्थायी गर्न माग गरेका हुन्।

‘शिक्षामा सुधार गर्नका लागि माध्यमिक शिक्षामा २०५६ सालदेखि शिक्षकको दरबन्दी बढाइएको छैन। राहत कोटा, के कोटा भनेर करिब ४५ हजार शिक्षक छन्। त्यसलाई कोटामै बदलियाेस्। किनकि राहत कोटामा बसेको टिचरले राम्रो पढाउँदैनन्। किनभने उसले अर्को जागिर खोजिरहेको हुन्छ। बाँच्नको लागि अर्को उपाय खोजिरहेको हुन्छ,’ उनले भने। 

सुझावित समाचार