अन्तर्राष्ट्रिय होम एप्लायन्स ब्रान्ड बर्लीले नेपाली बजारमा थप दुईवटा एयर कुलर सार्वजनिक गरेको छ । कम्पनीले यसअघि कमर्सियल प्रयोगका लागि तीनवटा कुलर सार्वजनिक गरेको थियो ।
त्यसको केही समयमै घरेलु तथा व्यक्तिगत प्रयोगलाई लक्षित गर्दै एक डेजर्ट र एक पर्सनल गरी दुईवटा कुलर बजारमा ल्याएको हो । नेपालका लागि आधिकारिक वितरक सिजी इलेक्ट्रोनिक्सका अनुसार दुई नयाँ मोडेल थपिएसँगै बर्लीका एयर कुलरहरूको संख्या नेपालमा २२ पुगेको छ ।
नयाँ सार्वजनिक गरिएका मोडेलमध्ये पोलो ५५ लिटर क्षमताको डेजर्ट कुलर हो । यो मोडेलको कुलर मध्यम तथा ठुला कोठाका लागि डिजाइन गरिएको कम्पनीले जनाएको छ । उक्त कुलरले शक्तिशाली कुलिङका साथै आधुनिक र प्रिमियम लुक प्रदान गर्ने कम्पनीको भनाइ छ ।
त्यस्तै, प्राइड ४५ लिटर क्षमताको पर्सनल कुलर व्यक्तिगत प्रयोग तथा अफिस क्याबिनका लागि उपयुक्त रहेको बताइएको छ । यसले कम आवाजमा प्रभावकारी शीतलता दिने कम्पनीले जनाएको छ ।