राष्ट्रिय खेलकुद परिषद् (राखेप)का उपाध्यक्ष ध्रुव आचार्यसहित १९ पदाधिकारी पदमुक्त भएका छन्। युवा तथा खेलकुद मन्त्रालयले मंगलबार एक सूचना जारी गर्दै पदाधिकारी पदमुक्त भएको जानकारी दिएको हो।
सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धमा विशेष बनेको अध्यादेश, २०८३ को दफा (२)को उपदफा (१) बमोजिम वैशाख १९ गतेदेखि उनीहरू स्वतः पदमुक्त भएका सूचनामा उल्लेख छ। यद्यपि, आचार्यले यसअघि गत चैत १८ गते नै राजीनामा दिइसकेका छन्।
यी हुन् पदमुक्त भएका पदाधिकारी :
