पर्सामा चालू आर्थिक वर्ष ०८२/८३ को चैत महिनामा मात्र विभिन्न अपराधसम्बन्धी १५२ वटा उजुरी दर्ता भएका छन्।जिल्लामा चालू आर्थिक वर्षको एक महिनामा विभिन्न जघन्य तथा गम्भीर अपराधका ४९ वटा मुद्दा प्रहरीमा दर्ता भएको अवस्था छ। पर्सा प्रहरीको तथ्यांकअनुसार अपराधसम्बन्धी घटनामा ज्यानसम्बन्धी १५ वटा, आत्महत्याका नाैवटा, चोरीका चारवटा उजुरी दर्ता भएको अवस्था छ।
यस्तै, संगठित तथा आर्थिक अपराधका ५८, सामाजिक अपराधका ४९ वटा उजुरी दर्ता भएको पर्साका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए । उनका अनुसार महिला तथा बालबालिकाका अपराधमा १३ वटा, सवारी ज्यानका तीनवटा र अन्य एकवटा उजुरी दर्ता भएको अवस्था छ ।
यस्तै जघन्य तथा गम्भीर अपराधमा कर्तव्य ज्यानका तीनवटा, हातहतिवार दुईवटा मुद्दा दर्ता भएको पर्सा प्रहरीको तथ्यांकमा देखिन्छ। आर्थिक अपराधमा बैंकिङ कसुर ३६ र जुवाताज एउटा मुद्दा दर्ता भएको प्रहरी नायब उपरीक्षक बस्नेतले बताए । जिल्लामा विभिन्न समयका प्रहरी मातहतबाट चालू मुद्दामा फरार रहेका १०२ जना पक्राउ परेको उनले बताए ।