पेट्रोलियम पदार्थको अत्यधिक मूल्यवृद्धिका कारण ढुवानी लागत बढेको भन्दै जार र बोतलको पानीकाे मूल्य बढेको छ । नेपाल पानी उद्योग महासंघले शनिबार विज्ञप्ती जारी गर्दै बोतल, क्याप, र्यापिङ रोल, जार र जारको क्याप लगायतका सामग्रीको मूल्यमा करिब ४० प्रतिशतसम्म वृद्धि भएको जनाएको छ ।
महासंघले प्रशोधित पिउने पानीको उत्पादन लागतमा उच्च वृद्धि भएको भन्दै मूल्य समायोजन गर्न आफ्ना सदस्य उद्योगहरूलाई आग्रह गरेको छ ।अन्तर्राष्ट्रिय परिस्थितीका कारण मूल्यवृद्धि गर्नुपरेको महासंघको भनाइ छ ।
