सशस्त्र प्रहरीका अधिकारीहरूसँग गृहमन्त्री गुरुङले गरे छलफल

मंगलबार, १७ चैत, २०८२
डिजिटल संस्करण

गृहमन्त्री सुदन गुरुङले सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल गरेका छन्। सशस्त्रका आइजिपी राजु अर्यालसहितको टिमसँग गृहमन्त्रीले मंगलबार छलफल गरेका हुन्।

बैठकमा विशेष गरी विपत् व्यवस्थापनका लागि आवश्यक पूर्वतयारीसम्बन्धी विषयमा विस्तृत छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ। सम्भावित विपत् जोखिमलाई न्यूनीकरण गर्न आवश्यक रणनीति, स्रोत व्यवस्थापन तथा समन्वयका विषयमा जोड दिइएको छ।

साथै, सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण गर्न सीमा गस्ती कडा बनाउने निर्णय भएको बताइएको छ। गृहमन्त्रीले तस्करी नियन्त्रणका लागि सम्बन्धित निकायलाई कडा निर्देशन दिएका छन्।

सुझावित समाचार