उत्तर कोरियाली नेता किम जोङ उन र बेलारुसी राष्ट्रपति अलेक्ज्यान्डर लुकासेन्कोबिच प्योङयाङमा भेटवार्ता भएको छ । भेटवार्ता लुकासेन्कोको प्योङयाङको दुईदिने भ्रमणका क्रममा भएको हो ।
त्यही क्रममा बिहीबार दुई नेताले द्विपक्षीय सम्बन्धलाई थप सघन बनाउने ‘मैत्री सन्धि’मा हस्ताक्षर गरे । दुवै नेता रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका नजिकका सहयोगी मानिन्छन् ।
बुधबार सुरु भएको भ्रमणका क्रममा उत्तर कोरियाले लुकासेन्कोको सम्मानमा भव्य कार्यक्रम राखेको थियो । सेतो घोडा सवार घोडचढी, झन्डा बोकेका बालबालिकासहितको क्रार्यक्रममा लुकासेन्कोलाई २१ तोपको सलामीसमेत दिइएको थियो । दुवै राष्ट्रले युक्रेनमा रुसी प्रयासलाई समर्थन गरिरहेका छन् ।