पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसम्बन्धी भ्रष्टाचार मुद्दामा चिनियाँ कम्पनी चाइना सिएएमसी इन्जिनियरिङ कम्पनी प्रालिसँग विशेष अदालतले २५ लाख रुपैयाँ धरौटी माग गरेको छ। विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल र उमेश कोइरालाको इजलासले मंगलबार धरौटी माग्ने निर्णय गरेको हो।
सो कम्पनीका प्रतिनिधि रविन रिजाल मंगलबार विशेष अदालतमा उपस्थित भएका थिए। बयानपछि अदालतले थुनछेक आदेश सुनाएको हो।
सो भ्रष्टाचार मुद्दामा विशेषले अधिकांश प्रतिवादीलाई सामान्य तारेखमा छाड्ने आदेश दिएको थियो।
चिनियाँ कम्पनीसँगको मिलेमतोमा लागत अनुमान बढाएर भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको थियो।