हावाहुरीले घरमाथि रुख ढल्दा एकको मृत्यु, पाँच घाइते

सोमबार, २ चैत, २०८२
डिजिटल संस्करण

उदयपुरमा रुखले किचेर एकजनाको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन्। सोमबार साँझ साढे सात बजेको समयमा कटारी नगरपालिका– ५, तीनकुने चोकस्थित राधाकृष्ण मन्दिरनजिक वीरेन्द्र चौधरीको टिनको छाना भएको घरमानजिकै रहेको सुकेको सालको रुख ढलेको हो । वर्षासँगै आएको हावाहुरीको कारण अचानक घरमाथि ढल्दा एकजनाको मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालय, उदयपुरका डिएसपी निरञ्जन थापाका अनुसार घरधनी  ६४ वर्षीय वीरेन्द्र चौधरीको मृत्यु भएको हो।  घटनाको सूचना पाएपछि इलाका प्रहरी कार्यालय कटारीबाट प्रहरी नायब उपरीक्षकसहितको २० जनाको प्रहरी टोली खटी गई उद्धार गरेको थियो। चौधरीलाई उपचारका लागि प्रादेशिक अस्पताल कटारीमा लगिएकोमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। 

सो घटनामा  मृतकका नातिनी पाँच वर्षीया विनिशा चौधरीसहित सोही गाउँका २७ वर्षीय युवराज कार्की, ४६ वर्षीय लीलाबहादुर दनुवार, ४६ वर्षीय प्रेमचन्द्र दनुवार र १६ वर्षीया अस्मिता परियार घाइते भएकोमा हाल प्रादेशिक अस्पताल कटारीमा उपचार भइरहेको डिएसपी थापाले बताए।

सुझावित समाचार