सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नवौँ सिटिजन्स इन्ट्रा बैंक इन्डोर क्रिकेट प्रतियोगिता आयोजना गरेको छ । बैंकले आफ्नो १९औँ वार्षिकोत्सवको अवसरमा फागुन २९ र ३० गते यो प्रतियोगिता गरेको हो ।
प्रतियोगितामा व्यवस्थापन समूहअन्तर्गत आठ टिममा बैंकका ८४ जना विभाग तथा शाखाका कर्मचारीको सहभागिता थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले यस्ता कार्यक्रमले संस्थागत संस्कारलाई मजबुत बनाउने मात्र नभई सुशासन र प्रणालीगत अनुशासनप्रति संस्थाको प्रतिबद्धतासमेत झल्काउने बताए । प्रतियोगिताका विजेतालाई प्रमुख कार्यकारी अधिकृतले पुरस्कार वितरण गरेका थिए ।
विश्वकै प्रतिष्ठित अवार्ड ‘बैंक अफ द इयर २०२४ र २०२५’को उपाधि प्राप्त गर्न सफल बैंकले यसअघि नै फोनपेसँगको सहकार्यमा नेपालमै पहिलोपटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ । हालसालै बैंकले नवयुवालक्षित बचत खाता ‘सिटिजन्स जेन–जी सेभिङ अकाउन्ट’ र ‘सिटिजन्स डिजी बैंक सेवा’ नामक एकीकृत अनलाइन प्लाटफर्म सञ्चालनमा ल्याएको छ ।