केपी ओलीलाई समवेदना व्यक्त गर्दै बालेनले भने– पिताको अनुपस्थितिले जिन्दगीमा कति रित्तोपन ल्याउँछ, मलाई महसुस छ

शुक्रबार, २९ फागुन, २०८२
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले एमाले अध्यक्ष केपी ओलीका पिताको निधन भएकोमा श्रद्धाञ्जली व्यक्त गरेका छन्। सामाजिक सञ्जालमार्फत बालेनले बुबाप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै पूर्वप्रधानमन्त्री ओलीप्रति समवेदना प्रकट गरेका हुन्। 

उनले लेखेका छन्– केही समयअघि मात्रै पिता गुमाएकाले मलाई महसुस छ- पिताको अनुपस्थितिले जिन्दगीमा कति रित्तोपन ल्याउँछ, कस्तो अपूरणीय अभाव ल्याउँछ। 
पूर्वप्रधानमन्त्री केपी ओलीज्यूलाई पर्न गएको पितृशोकमा हार्दिक समवेदना व्यक्त गर्दछु।
पिताजीप्रति हार्दिक श्रद्धाञ्जली, वैकुण्ठवास होस्।

सुझावित समाचार