आगामी सरकारलाई नेपाली कांग्रेसको साथ र समर्थन रहन्छः प्रदीप पौडेल

मंगलबार, २६ फागुन, २०८२
डिजिटल संस्करण

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले आगामी सरकारलाई साथ र समर्थन रहने बताएका छन्।

हालै सम्पन्न निर्वाचनमा विजयी भएको राष्ट्रिय स्वतन्त्र पार्टी, त्यसका अध्यक्ष रवि लामिछाने र प्रधानमन्त्रीका उम्मेदवार बालेन्द्र शाहलाई बधाई र शुभकामना दिँदै उनले अब बन्ने सरकारले देश र जनताको हितका लागि काम गर्ने विश्वास लिँदै त्यस्ता हरेक काममा साथ र समर्थन रहने प्रतिबद्धता जनाएका हुन्।

उनले दूरगामी महत्त्व राख्ने मुद्दाहरूमा साझा राष्ट्रिय सहमति निर्माण गर्न पनि आह्वान गरेका छन्। 
 

सुझावित समाचार