केपी ओली, रमेश लेखक र तत्कालीन आइजिपी खापुङमाथि कारबाही सिफारिस

आइतबार, २४ फागुन, २०८२
डिजिटल संस्करण

जेन–जी आन्दोलनमा भएको दमनमा तत्कालीन प्रधानमन्त्री केपी ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक र तत्कालीन आइजिपी चन्द्रकुवेर खापुङलाई जिम्मेवार बनाएर कारबाही गर्न सिफारिस भएको छ। पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले आइतबार प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन बुझाउँदै कारबाही गर्न भनेको हो। 

स्रोतका अनुसार नाम नै किटेर उनीहरूमाथि कारबाही सिफारिस भएको छ। तर, कारबाही फौजदारी नै गर्ने कि कसरी जिम्मेवार बनाउने भन्नेमा प्रस्ट छैन। 

त्यस्तै, अत्यधिक बल प्रयोग गर्ने काठमाडौंका तत्कालीन प्रहरी प्रमुख विश्व अधिकारीसहितका प्रहरी, काठमाडौंका तत्कालीन सिडिओ छवि रिजाललगायतमाथि पनि कारबाही सिफारिस भएको छ। केही प्रहरीलाई त बर्खास्तीको समेत सिफारिस भएको स्रोत बताउँछ। त्यस्तै, २४ भदौमा सरकारी सम्पत्तिमा आजगनी गर्नेमाथि पनि फौजदारी कसुरमा कारबाही गर्न सिफारिस भएको छ। 

प्रधानमन्त्री कार्कीले प्रतिवेदन छिट्टै मन्त्रिपरिषदमा लगेर सार्वजनिक गरिने बताएकी छिन्। कार्यान्वयन भने नयाँ बन्ने सरकारले गर्ने सम्भावना छ। 

सुझावित समाचार