नेपालविरुद्ध वेस्ट इन्डिजले टस जित्यो, सोमपाललाई अवसर

वेस्ट इन्डिजका कप्तान साइ होपले टस जितेर बलिङ रोजे

आइतबार, ३ फागुन, २०८२
डिजिटल संस्करण

नेपालले आइसिसी टी–२० विश्वकप २०२६ को आफ्नो तेस्रो खेलमा वेस्ट इन्डिजसँग टस हारेको छ । आइतबार वानखेडे रंगशालमा वेस्ट इन्डिजका कप्तान साई होपले टस जितेर बलिङ रोजेका हुन् । 

विश्वकपमा पहिलोपटक वेस्ट इन्डिजसँग खेलिरहेको नेपालले सुरुमा ब्याटिङ गर्ने भएको छ । प्रशिक्षक स्टुआर्ट लले यसअघि दुवै खेलमा बेन्चमा रहेका सोमपाल कामीलाई अवसर दिएका छन् । उनले ललित राजवंशीलाई प्रतिस्थापना गरे । 

वेस्ट इन्डिज आज नेपाललाई पराजित गर्दै लगातार तेस्रो जित निकाल्न चाहन्छ । आजको खेल जितेको अवस्थामा वेस्ट इन्डिज समूह ‘सी’बाट सुपर आठमा पुग्नेछ । 

यता नेपाल भने वेस्ट इन्डिजलाई हराउँदै सुपर आठको सम्भावना कायम राख्ने योजनामा छ । यसअघि नेपाल इंग्ल्यान्डसँग चार रन तथा इटालीसँग १० विकेटले पराजित भएको थियो । 

नेपाली टिम : कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, लोकेश बम, गुल्सन झा, सोमपाल कामी, करण केसी, नन्दन यादव र सन्दीप लामिछाने

सुझावित समाचार