भोलिदेखि चुनावी सुरक्षामा खटिँदै डेढ लाख निर्वाचन प्रहरी [तस्बिरहरू]

मंगलबार, २८ माघ, २०८२
डिजिटल संस्करण

फागुन २१ मा हुने प्रतिनिधिसभाको निर्वाचनका लागि भर्ना भएका करिब डेढ लाख निर्वाचन प्रहरीको तालिम मंगलबार सकिएको छ। उनीहरूलाई बुधबारदेखि चुनावको सुरक्षामा खटाउन लागिएको छ।

नेपाल प्रहरीमातहत एक लाख ३४ हजार ९८० र सशस्त्र प्रहरीमातहत १५ हजार ११० निर्वाचन प्रहरी भर्ना गरिएको छ। ४० दिनका लागि भर्ना गरिएका उनीहरूले प्रहरी जवानबराबरको सेवा सुविधा पाउनेछन्।

तस्बिरमा यस्तो देखियो तालिमको अन्तिम दिनको दृश्य :

सुझावित समाचार