मोरङको सुन्दरहरैँचा नगरपालिका– २, बेलडाँगीमा अवैध हतियारसहित दुईजना पक्राउ परेका छन् । अवैध हतियार लुकाइराखिएको गोप्य सूचनाका आधारमा प्रहरीले छापा मार्दा दुईजनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
सोमबार साँझ करिब ६ बजे प्रहरी टोलीले २८ वर्षीय सिलास लिम्बूको घरमा खानतलासी गर्दा निजको सुत्ने कोठाबाट पेस्तोल थान १, हेन्डसेट थान २ र भरुवा बन्दुकजस्तो देखिने काठको हतियार थान १ बरामद गरिएको प्रहरीले जनाएको छ।
प्रारम्भिक सोधपुछका क्रममा सिलास लिम्बूले उक्त हतियार सुन्दरहरैँचा नगरपालिका– ३ निवासी प्रेमबहादुर गुरुङबाट लिएको भनी बयान दिएको आधारमा प्रहरीले गुरुङलाई समेत खोजतलास गरी फेला पारी नियन्त्रणमा लिएको हो। बरामद गरिएका हतियार तथा सञ्चार उपकरण सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ ।