सशस्त्र प्रहरीद्वारा ललितपुरमा पेस्तोलसहित तीनजना पक्राउ

मंगलबार, २१ माघ, २०८२
डिजिटल संस्करण

सशस्त्र प्रहरी बलले ललितपुरबाट पेस्तोलसहित तीनजनालाई नियन्त्रणमा लिएको छ। 

     सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्युरोले दोलखा जिल्ला भीमेश्वर नगरपालिका– ९ घर भई ललितपुर बस्ने २२ वर्षका सुमन तामाङ, रौतहट जिल्ला चन्द्रनिगाहपुर नगरपालिका घर भई ललितपुर बस्ने २२ वर्षका सुशील स्याङ्तान र सुनसरी जिल्ला धरान उपमहानगरपालिका  घर भएका १८ वर्षका विप्लव राईलाई नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिएकाहरूलाई पेस्तोलसहित थप अनुसन्धान र आवश्यक कारबाहीका ललितपुर प्रहरीमा बुझाइएको सशस्त्र प्रहरीका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए। 

सुझावित समाचार