सिद्धार्थ बैंक कर्पोरेट एक्सिलेन्स अवार्डबाट सम्मानित

मंगलबार, २१ माघ, २०८२
डिजिटल संस्करण

सिद्धार्थ बैंक लिमिटेड प्रतिष्ठित अवार्डबाट सम्मानित भएको छ । बैंक कमर्सियल बैंकिङ विधामा अवार्डस् फर कर्पोरेट एक्सिलेन्स–२०२५, अवार्डबाट सम्मानित भएको हो । कर्पोरेट क्लब नेपाल प्रालिले आयोजना गर्दै आएको अवार्ड समारोहमा बैंकलाई उक्त अवार्डबाट सम्मानित गरिएको हो ।

अवार्ड समारोहमा सिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत रामेश्वरप्रसाद बस्यालले उक्त अवार्ड ग्रहण गरेका थिए । मानव संसाधन व्यवस्थापन, संस्थागत सुशासन तथा उत्कृष्ट कार्यसम्पादनमा बैंकले पुर्याएको योगदानबापत बैंकलाई यो सम्मान प्रदान गरिएको बताइएको छ । 

सुझावित समाचार