चालू आर्थिक वर्षको ६ महिनामा विप्रेषण आप्रवाह ३९.१ प्रतिशतले वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकका अनुसार विप्रेषण १० खर्ब ६२ अर्ब ९३ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण ४.२ प्रतिशतले बढेको थियो।
२०८२ पुस महिनामा मात्र १ खर्ब ९२ अर्ब ६२ करोड विप्रेषण भित्रिएको छ। अघिल्लो वर्षको पुस महिनामा विप्रेषण आप्रवाह १ खर्ब २२ अर्ब ४४ करोड रहेको थियो।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या २ लाख ६ हजार ८०७ र पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ९४ हजार ७३३ रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः २ लाख ३० हजार ४३९ र १ लाख ६२ हजार ६२८ थियो।