न्यू डायमन्ड स्पोर्ट्स क्लबले पोखरामा जारी छैटौं संकरणको टाइगर कपमा अपराजित यात्रासहित फाइनलमा स्थान सुरक्षित गरेको छ।
टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजना एवं एनसेलको मुख्य प्रायोजनमा जारी प्रतियेगिताअन्तर्गत पाँचौ दिन मंगलबारको खेल सकिँदा खेलेका तीनमध्ये सबै खेलमा जित हात पारेको हो। यसैगरी, पुरुषतर्फ खेलेका तीन खेलमै जित हात पार्दै पर्वत जिल्ला भलिबल संघलेसमेत आफ्नो अपराजित यात्रा जारी राखेको छ।
मंगलबार सम्पन्न खेलमा न्यू डायमन्डले विभागीय नेपाल पुलिस क्लबमाथि सहज जित हात पा¥यो। न्यू डायमन्डले पुलिसलाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनलमा आफ्नो स्थान पक्का गरेको हो। न्यू डायमन्डले २५–११, २५–१९ र २५–२० ले खेलको नतिजा आफ्नो पक्षमा पारेको थियो।
तीन खेलमध्ये पुलिसको यो दोस्रो हार हो। फाइनल पुग्ने एक टोलीको मंगलबार छिनोफानो हुँदा अर्को टोलीको टुंगो बुधबार लाग्ने छ। महिलातर्फ पाँच टोली सहभागी रहेकोमा एपीएफ, थाइल्याण्ड क्विन्स र पुलिसमध्ये एकले अब अन्तिम दुईको स्थान बनाउने छन्।
पुरुषतर्फ पर्वतले लगातार तेस्रो जित हात पार्ने क्रममा पाहुना टोली माल्दिभ्स भलिबल एसोसियसनलाई ३–० को सोझो सेटमा पराजित ग¥यो। पर्वतले २५–१७, २५–१८ र २५–१६ को सेटमा जित निकालेको हो। पर्वत अपराजित रहँदा जितविहीन माल्दिभ्सले चौथो हारको सामान गरेको छ।
महिलातर्फको अर्को खेलमा पहुना टोली थाइल्यान्ड क्विन्सले विभागीय त्रिभुवन आर्मी क्लबमाथि सहज जित हात पार्यो। आर्मीलाई ३–० को सोझो सेटमा पराजित गरेको थाइल्यान्डले पहिलो सेट २५–११, दोस्रो सेट २५–२१ र तेस्रा सेट २५–१६ ले आफ्नो पक्षमा पारेको हो। आफ्नो पहिलो खेलमा विभागीय एपिएफसँग पराजित थाइल्यान्डले त्यसपछिका दुई खेलमा पुलिस र आर्मीलाई पराजित गरेको हो।
पुरुषतर्फको अर्को खेलमा घरेलु टोली गण्डकी प्रदेश भलिबल संघले डिफेन्डिङ च्याम्पियन विभागीय पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्यो।