देशको कान्छो सुरक्षा संगठन सशस्त्र प्रहरी बलले रजत महोत्सव मनाएको छ। शुक्रबार सशस्त्र प्रहरी मुख्यालयमा विशेष कार्यक्रमको आयोजना गरी सशस्त्र प्रहरीले स्थापनाको २५औँ वर्ष मनाएको हो।
राष्ट्रपति रामचन्द्र पौडेललाई प्रमुख अतिथि बनाएर सशस्त्र प्रहरीले रजतजयन्ती मनाएको हो। कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल तथा मन्त्रीलगायत उच्च पदस्थहरू उपस्थित थिए।
कार्यक्रममा उत्कृष्ट काम गर्ने सशस्त्र प्रहरीलाई सम्मानसमेत गरिएको थियो।
तत्कालीन सशस्त्र द्वन्द्व नियन्त्रणका लागि ०५७ सालमा स्थापना भएको सशस्त्र प्रहरी पछिल्लो समय सीमासुरक्षा र विपत् व्यवस्थापनमा खटिँदै आएको छ।






