सप्तरीमा उपेन्द्रले सुरु गरे ग्रामीण बैठक

बिहिबार, ९ माघ, २०८२
डिजिटल संस्करण

जनता समाजवादी पार्टी (जसपा) नेपालबाट सप्तरी  क्षेत्र नम्बर ३ को चुनावी मैदानमा उत्रिएका अध्यक्ष उपेन्द्र यादवले चुनावकेन्द्रित ग्रामीण बैठक सुरु गरेका छन् । मंगलबार सप्तरी– ३ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गरेका  यादवले बिहीबार  बिहानैदेखि स्थानीय मतदातासँग भेटघाट थालेका हुन् । 

जनताको समस्या बुझ्न ग्रामीण बैठक सुरु गरेकाे जसपा नेपालका केन्द्रीय समन्वय समिति सदस्यसमेत रहेका मधेश प्रदेशका पूर्वअर्थमन्त्री शैलेन्द्रप्रसाद शाहले बताए । ‘ग्रामीण बैठकबाट हामीले सामूहिक समस्या बुझ्नका लागि यो बैठक हामीले सुरु गरेका छौँ, यो बैठकबाट गाउँका सामूहिक समस्याका विषयमा छलफल हुनेछ,’ उनले भने, ‘यो बैठक पूरै क्षेत्रभरि गाउँगाउँमा गएर हामी गर्नेछौँ ।’

सुझावित समाचार