झापामा कांग्रेस–एमालेका युवा नेता फकाउँदै बालेन

बुधबार, ८ माघ, २०८२
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रधानमन्त्रीका उम्मेदवार बनेका बालेन शाह उम्मेदवारी दर्ताको दोस्रो दिनदेखि नै चुनावी गतिविधिमा सक्रिय भएका छन्। बुधबार बिहानैदेखि उनले भेटघाटलाई तीव्रता दिएका छन्। 

चुनाव प्रचारका लागि रास्वपाले दमकमा भाडामा लिएको घरमा बसेर उनले भेटघाट गरिरहेका छन्। बालेनलाई भेट्न बालबालिकादेखि वृद्धहरूसम्मको भिड लागेको छ। 

उनको ध्यान भने अन्य पार्टीका युवा नेतामाथि छ। खासगरी कांग्रेस र एमालेका युवा नेताहरू बालेनबाट प्रभावित भएका छन्। 

कांग्रेसका दमक सभापति प्रकाश प्रसाईंले पार्टी छाडेर बालेनलाई समर्थन गर्ने घोषणा गरिसकेका छन्। कांग्रेसकै कमल गाउँपालिकाका सचिव महेन्द्र बुढाथोकी बुधबार बालेनलाई भेटेर रास्वपामा प्रवेश गरेका छन्। 

त्यस्तै, नेकपा (एमाले) निकट युवा संघका दमक नगर कमिटी अध्यक्ष छवि खतिवडा र उपाध्यक्ष विजय तामाङ पनि रास्वपा प्रवेश गरेका छन् । 

झापा क्षेत्र नम्बर ५ नेकपा एमालेका अध्यक्ष केपी ओलीको गढ मानिन्छ । अघिल्लो निर्वाचनमा उनी भारी मतसहित विजयी भएका थिए। यसपटक बालेन सो क्षेत्रबाट प्रतिस्पर्धामा उत्रिएसँग यहाँको चुनावी प्रतिस्पर्धा रोचक बनेको छ। युवामाझ लोकप्रिय रहेका बालेन आफ्नो निर्वाचन क्षेत्रका युवाहरूलाई आफ्नो समर्थन जुटाउने रणनीतिमा लागेका छन्। 

यो क्षेत्रमा कांग्रेसबाट मन्धरा चिमरिया र नेकपाबाट रञ्जित तामाङ प्रतिस्पर्धामा छन्। 
 

सुझावित समाचार