सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राजीनामा दिने तयारी गरेका छन्। सञ्चार मन्त्रालय स्रोतका अनुसार खरेलले राजीनामा दिन लागेका हुन्।
राजीनामापत्र बोकेर उनी प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार गएका छन्। यसै सन्दर्भमा सञ्चार मन्त्रालयले साढे ५ बजे पत्रकार सम्मेलन गर्दै छ।
मन्त्रीको बिदाइको तयारीमा मन्त्रालयका कर्मचारी लागेका छन्।
निर्वाचनको मैदानमा उत्रिने सार्वजनिक घोषणा गरिसकेका खरेल रास्वपाबाट चुनाव लड्ने चर्चा छ।