२१ फागुनपछि एमालेले सरकार बनाउँछ, टिकटको बहस बन्द गरौँ : योगेश भट्टराई

सोमबार, ६ माघ, २०८२
डिजिटल संस्करण

नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले उम्मेदवार छनोटको विषयमा बहस नगरी एक भएर अघि बढ्न नेता कार्यकर्तालाई आग्रह गरेका छन्।

सोमबार भिडियो सन्देश जारी गर्दै भट्टराईले पार्टीभित्र फरक मत हुनु स्वाभाविक भएकाले अब सूर्य चिह्न मात्र रहेको बताएका हुन्। ‘ती भिन्न मतहरूले अरू पार्टीसँगको प्रतिस्पर्धामा नेकपा एमालेलाई कमजोर बनाउन हुँदैन,’ भिडियो सन्देशमा उनले भनेका छन्।

फागुन २१ पछि एमालेले सरकार बनाउने दाबी गर्दै भट्टराईले त्यसपछि नै उम्मेदवार छनोटको समीक्षा हुने बताएका छन्। उनले भने, ‘अब फागुन २१ पछि जब नेकपा एमालेले सरकार बनाउँछ, नेकपा एमालेको नेतृत्वमा हामी सशक्त ढंगले अगाडि बढ्छौँ। त्यसपछि ठन्डा दिमागले त्यसको समीक्षा हुनुपर्छ।’

टिकट नदिएकोमा आफूले अब किचलो नगर्ने प्रस्ट पार्दै भट्टराईले सम्भव भए केही क्षेत्रमा उम्मेदवार मिलाउन पार्टी अध्यक्ष केपी ओलीलाई आग्रह गरे। ‘तर, पार्टी अध्यक्षले सार्वजनिक ढंगले निर्णय गरेर पठाइसकेपछि अब म त्यसमा कुनै किचलो गर्नेवाला छैन,’ उनले भने।

सुझावित समाचार