काभ्रेपलाञ्चोकको क्षेत्र नम्बर २ मा एमालेले अशोक ब्याञ्जूलाई उठाउने भएको छ। एमालेका केन्द्रीय सदस्य रहेका ब्याञ्जू धुलिखेल नगरपालिकाका मेयर हुन्।
सो क्षेत्रबाट एमाले नेता गोकुल बाँस्कोटालाई मुख्य दाबेदारका रूपमा हेरिएको थियो। उनको नाम जिल्ला कमिटीबाट एकल सिफारिससमेत भएको थियो।
तर, व्यक्तिगत सम्बन्ध राम्रो नभएका कारण पार्टी अध्यक्ष केपी ओलीले बाँस्कोटालाई टिकट नदिएको चर्चा एमालेमा छ । गत महिना सम्पन्न एमाले महाधिवेशनमा बाँस्कोटा ईश्वर पोखरेल खेमाबाट सचिव पदमा उम्मेदवार बनेका थिए।
सो क्षेत्रमा यसअघि कांग्रेस–माओवादीको गठबन्धन तोडेर बाँस्कोटाले चुनाव जितेका थिए।