सर्वाेच्च अदालत पुग्यो कांग्रेस विवाद

आइतबार, ५ माघ, २०८२
डिजिटल संस्करण

नेपाली कांग्रेसको आधिकारिता विवाद सर्वाेच्च अदालतमा पुगेको छ। पार्टीको शेरबहादुर देउवा पक्ष गगन थापा पक्षलाई आधिकारिता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वाेच्च गएको हो। 

रिट आजै दर्ता भएको र मंगलबारका लागि सुनुवाइ तोकिएको सर्वाेच्च अदालत प्रशासनले जनाएको छ। कांग्रेस नेताहरू पूर्णबहादुर खड्का, प्रकाशमान सिंह, विमलेन्द्र निधि, मीन विश्वकर्मालगायत नेता रिट दर्ताका लागि सर्वाेच्च पुगेका थिए। शेखर कोइराला समूहका नेताहरू भने सर्वाेच्च गएका छैनन्। 

सोमबार सार्वजनिक बिदा तोकिएकाले मंगलबारका लागि पेशी तोकिएको हो। मंगलबार नै प्रत्यक्षतर्फको निर्वाचनको उम्मेदवारी दर्ताको अन्तिम दिन हो। 

गगन पक्षले गत साता विशेष महाधिवेशन बोलाएर नयाँ नेतृत्व चयन गरेको थियो। निर्वाचन आयोगले सो विशेष महाधिवेशनले गरेको निर्णयलाई वैधता दिएपछि देउवा पक्षले विरोध गरेको छ। 
 

सुझावित समाचार