सिद्धार्थ बैंक स्थापनाको २३औँ वर्ष पूरा गरी २४औँ वर्षमा प्रवेश गरेको छ । २३औँ वार्षिकोत्सवका अवसरमा बैंकले नक्सालस्थित आफ्नो प्रधान कार्यालयमा विविध कार्यक्रम आयोजना गरी मनाएको छ । यसै अवसरमा बैंकले फुटसल प्रतियोगिता, टेबल टेनिस प्रतियोगिता पनि सञ्चालन गरेको जनाएको छ ।
देशका विभिन्न स्थानमा रक्तदान कार्यक्रम गरिएको छ । बैंकका अनुसार विराटनगर, दमक, वीरगन्ज, सिमरा, जनकपुर, हात्तीसार, नारायणगढ, पोखरा, भैरहवा, सुर्खेत र धनगढी गरी ११ स्थानमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रममा बैंकका कर्मचारीका साथै ग्राहक तथा स्थानीयवासीसहित चार सय ८८ जनाले रक्तदान गरेका छन् ।
साथै बैंकमा कार्यरत १५ वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीको योगदानको कदर गर्दै उनीहरूलाई सम्मान पनि गरेको जनाइएको छ । बैंकले यी कार्यक्रमले संस्थागत एकता, कर्मचारीको मनोबल अभिवृद्धि तथा सामाजिक उत्तरदायित्वप्रति बैंकको प्रतिबद्धतालाई थप मजबुत बनाउने लक्ष्य लिएको छ ।