सशस्त्र प्रहरीले पर्सामा लागुऔषध ओसारपसारविरुद्धको अभियान थालेको छ। जसक्रममा दैनिक जसो लागुऔषध बरामद हुन थालेको छ।
शनिबार पनि सशस्त्र प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पर्साको पटेर्वासुगौली गा.पा.–५ मनिहर्वा चोकमा सुरक्षा बेश पोखरीयाबाट डिएसपी शम्भु कटुवालको कमाण्डमा खटिएको मोबाईल गस्ति टोलीले चेक प्वाईन्ट राखेर चेकजाँच गर्ने क्रममा नेपालबाट भारत तर्फ लैजाँदै गरेको अवस्थामा गाँजा बरामद गरेको छ। पर्साको पकाहामैनपुर गाउँपालिका– ५ सबैठवा बस्ने ४३ का रबिन्द्र महतो सवार बीआर २२ यू ११७८ नम्बरको मोटरसाइकलको डिकिमा लुकाई छिपाई राखेको करिब ५ के.जी. गाँजा सशस्त्र प्रहरीले बरामद भएको हो।
त्यस्तै, बेतियाको बेहरा झुम्का–१४, घर भएका ३७ वर्षिय अशोक महतो सवार, बीआर २२ ए ५३०२ नम्बरको मोटरसायकलको सिट मुनि लुकाई छिपाई राखेको अवस्थामा चार केजी तीन सय ग्राम लागुऔषधसहित पक्राउ परेका छन्। पक्राउ परेका दुवैलाई ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीमा बुझाइएको सशस्त्र प्रहरी वल, नेपाल नंम्बर १३ गण हेडक्वार्टर पर्साका प्रवक्ता विश्वराज योन्जनले जानकारी दिए।
१० पुसमा सशस्त्र प्रहरीले वीरगंज महानगरपालिका–१६ ईनर्वाबाट ७३८ फायल नाईट्राभेट बरामद गरी नेपाल प्रहरीलाई बुझाएको थियो। ९ पुसमा विन्दबासिनी गाउँपालिका–५ प्रसौनिभाठा स्थित धुताहा खोलाबाट एक सय २० केजी गाँजा सशस्त्र प्रहरीले बरामद गरेको थियो।
गत मंसिर महिनामा सशस्त्र प्रहरीले विभिन्न स्थानबाट तीन सय २३ केजी गाँजा बरामद गरेको थियो। छिन्नमस्ता बाहिनीको नीति एवं निर्देशन बमोजिम लागुऔषध ओसारपसार नियन्त्रणलाई अभियान कै रुपमा संचालन भइरहेको नंम्बर १३ गण एसपी पुरनचन्द्र भट्ट बताउँछन् ।
भिडियो: