उपत्यकाका यातायात कार्यालयमा प्रहरीको अपरेसन, १४ जना बिचौलिया पक्राउ

बुधबार, ९ पुष, २०८२
डिजिटल संस्करण

काठमाडौं उपत्यकाका यातायात कार्यालयमा प्रहरीले स्विप अपरेसन गरेको छ। जसमा १४ जना पक्राउ परेका छन्। 

यातायात व्यवस्था कार्यालय राधे राधे, भक्तपुर, यातायात व्यवस्था कार्यालय गुर्जुधारा, काठमाडौं तथा यातायात ट्रायल सेन्टर दक्षिण-ढोकालगायतका स्थानहरूमा बिचौलियाको काम गरी सेवाग्राहीहरूलाई दुःख हैरानी दिने तथा यातायात व्यवस्था कार्यालयका कर्मचारीहरूसमेतको दैनिक कामकारबाहीमा प्रभाव पार्ने कार्य गरेको सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको प्रहरी टोलीले बिचौलिया काम गर्ने १४ जना व्यक्तिहरूलाई नियन्त्रणमा लिएको हो। 

सुझावित समाचार