सरकारले जेन-जी आन्दोलनमा भएको दमन र क्षतिबारे छानबिन गर्न गठन गरेको जाँचबुझ आयोगको म्याद एक महिना थप गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले म्याद थपेको हो।
आयोगको तीन महिना म्याद ९ पुसमा सकिँदै छ। सो अवधिमा छानबिन नसकिने भएपछि म्याद थप भएको हो।
आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकको बयान अझै लिएको छैन।