सरकारीस्तरबाट समेत सिपयुक्त श्रमिक कोरिया पठाउन मन्त्रालयको पहल

बुधबार, २ पुष, २०८२
डिजिटल संस्करण

म्यानपावरबाट कामदार पठाउन तयार गरेको ‘गणतन्त्र कोरियामा सिपयुक्त श्रमिक पठाउनेसम्बन्धी कार्यविधि, ०८०’ कार्यान्वयनमा ल्याएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सरकारीस्तरबाटै दक्ष युवालाई कोरिया पठाउन पनि पहल भइरहेको दाबी गरेको छ ।

मन्त्रालयका सचिव कृष्णहरि पुष्करले कोरियासँग सरकारीस्तरमै सम्झौता गरेर दक्ष जनशक्ति पठाउन पहल भइरहे पनि नतिजा नआइसकेको र यसबिचमा निजी क्षेत्रबाट पनि सिपयुक्त कामदार पठाउन कार्यविधि बनाएको बताए । ‘अहिले अदक्ष र अर्धदक्ष कामदार सरकारीस्तरमै सम्झौता भएर रोजगारीका लागि कोरिया पठाइरहेका छौँ । यस्तै प्रक्रियाबाट सिपयुक्त श्रमिक पठाउन हामीले पहल गरिरहे पनि सार्थक हुन सकेको छैन,’ उनले भने, ‘यसबिचमा निजी क्षेत्रबाट पनि पठाउन मिल्ने गरी कार्यविधि तयार भएको हो ।’

श्रम मन्त्रालयले ८ पुसबाट ‘हेल्प टु हेल्प १० सेल’ नामको श्रमिकमैत्री संयन्त्र लागू गर्ने जनाएको छ । विदेश जाने श्रमिकलाई ठगीबाट जोगिन र तोकिएको रोजगारी पाउने सुनिश्चितता कायम गर्न सो संयन्त्रले सहयोग पुग्ने सचिव पुष्करले बताए । ‘विदेश जानुअघि नै श्रमिकलाई आवश्यक जानकारी दिन एउटा संयन्त्र बनाएका छौँ,’ उनले भने । सो संयन्त्रमार्फत श्रम गन्तव्य, सम्बन्धित म्यानपावर, उमेर र तालिमको अवस्था, शुल्क लाग्ने हो वा होइन, कुल लागत, भुक्तानी प्रणाली, र सम्भावित ठगीबाट जोगाउन मद्दत पुग्छ ।

See More On

सुझावित समाचार