काठमाडौं र ललितपुरबाट लाखौँको धनमाल चोरी

मंगलबार, १ पुष, २०८२
डिजिटल संस्करण

काठमाडौं र ललितपुरका विभिन्न स्थानबाट लाखौँको धनमाल चोरी भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सोमबार मात्रै काठमाडौंको तारकेश्वर नगरपालिका, काठमाडौं महानगरपालिका र ललितपुरको महालक्ष्मी नगरपालिकाका विभिन्न स्थानबाट सुनका विभिन्न गरगहना र नगदसमेत गरी करिब ५७ लाखबराबरको धनमाल चोरी भएको हो । 

तारकेश्वर नगरपालिका– ११, नेपालटारमा सुनिता बजगाईंको कोठाबाट दुई लाख ९१ हजार, तारकेश्वर नगरपालिका– २, काभ्रेस्थलीमा जयराम अधिकारीको घरबाट तीन लाख ७७ हजार र काठमाडौं महानगरपालिका– १५ मा धर्मरत्न शाहीको कोठाबाट सुन तथा चाँदीका गरगहना र ल्यापटप एक थान गरी करिब सात लाख ४० हजारबराबरको चोरी भएको छ ।

प्रहरीका अनुसार ललितपुरको महालक्ष्मी नगरपालिका– १, भैरव टोलमा जानेन्द्रलाल कर्णको कोठाबाट चार लाख चार हजार र कृष्ण मन्दिर चोकनजिकै बाबुराम पाण्डेको कोठाबाट ३९ लाख ४७ हजारबराबरको धनमाल चोरी भएको छ । चोरीमा संलग्नको खोजी गर्नुका साथै सो सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

See More On

सुझावित समाचार