जाँचबुझ आयोगको कार्यक्षेत्र थप गर्ने सरकारको निर्णय

बिहिबार, २६ मंसिर, २०८२
डिजिटल संस्करण

सरकारले २३ र २४ भदौको आन्दोलनका क्रममा भएका घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगको कार्यक्षेत्र थप गर्ने निर्णय गरेको छ।

बुधबार जेनजी प्रतिनिधिसँग भएको सम्झौताअनुसार आयोगको कार्यक्षेत्र थप गरिएको सरकारका प्रवक्ता एवं संचारमन्त्री जगदीश खरेलले जानकारी दिए।

उनले भने, ‘जेनजी आन्दोलनका प्रतिनिधि र सम्माननीय प्रधानमन्त्रीबिच २०८२/८/२४ गते भएको सम्झौताबमोजिम नेपाल सरकार मन्त्रिपरिषदको २०८२/६/५ को निर्णयअनुसार गठित जाँचबुझ आयोगको कार्यक्षेत्र थप गर्ने निर्णय भएको छ।’

सुझावित समाचार