‘होन्डा अल न्यु सिआर–भी’सार्वजनिक

बुधबार, ११ मंसिर, २०८२
डिजिटल संस्करण

‘होन्डा अल न्यु सिआर–भी’ नेपाली बजारमा सार्वजनिक भएको छ । होन्डा गाडीको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले ग्राहकको बढ्दो चाहनालाई सम्बोधन गर्न होन्डा अल न्यु सिआरको बिक्री–वितरण सुरु गरेको जनाएको छ । 

यो गाडीमा अत्याधुनिक प्रविधि र लक्जरी फिचर्सको उत्कृष्ट संयोजनका साथै १.५ लिटर पेट्रोल टर्बो इन्जिन जडान गरिएको छ । वेलकम सिट, फुल एलइडी लाइट र पानोरामिक सनरुफ समावेश यो गाडीमा १० थान एयर ब्याग छन्, जसले यात्रालाई थप सुरक्षित बनाउने कम्पनीको भनाइ छ । 

सुरक्षाको हिसाबले पनि यो गाडी अब्बल रहेको कम्पनीको दाबी छ । यसको शक्तिशाली इन्जिन, सस्पेन्सन र डिजाइनलाई हेर्दा नेपालको बाटोमा ‘पर्फेक्ट राइड’का लागि यो गाडी एक उत्कृष्ट विकल्प हुन सक्ने बताइएको छ ।

‘होन्डा अल न्यु सिआर–भी’ले नेपालको एसयुभी सेग्मेन्टमा लक्जरी र पर्फमेन्सको नयाँ उदाहरण बन्ने कम्पनीको विश्वास छ । कम्पनीका अनुसार यो गाडी ब्ल्याक, ह्वाइट, ब्ल्यु र सिल्भरमा रङमा उपलब्ध छन् । प्रिमियम गाडीको अनुभव लिन र ‘टेस्ट राइड’गर्न चाहने ग्राहकलाई ललितपुरको धोबिघाटस्थित होन्डाको आधिकारिक सोरुममा सम्पर्क गर्न भनिएको छ । 

See More On

सुझावित समाचार