जनता समाजवादी पार्टी, राष्ट्रिय मुक्ति पार्टी नेपाल र नागरिक उन्मुक्ति पार्टी नेपालले एउटै चिह्न लिएर चुनाव लड्ने भएका छन्।
जसपा अध्यक्ष अशोक राई, राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतो र नागरिक उन्मुक्ति नेपालका संयोजक रेशमलाल चौधरीले एउटै चुनाव चिह्न लिएर निर्वाचनमा सहभागी हुन आइतबार सहमतिपत्रमा हस्ताक्षर गरेका हुन्।
तीनवटै दल हाल नागरिक उन्मुक्ति पार्टी नेपालको कायम रहेको जाँतो (चकिया) चुनाव चिह्न प्रयोग गर्न सहमत भएका छन्। उनीहरूले विचार मिल्ने अन्य पार्टीहरूलाई पनि एकल चुनाव चिह्नमा आउन आह्वान गरेका छन्।
