राष्ट्रिय मानव अधिकार आयोगको टोलीले भेट्यो दुर्गा प्रसाईंलाई

मंगलबार, ३ मंसिर, २०८२
डिजिटल संस्करण

राष्ट्र, राष्ट्रियता, धर्म-संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईंलाई पक्राउ गरिएको घटनापछि राष्ट्रिय मानव अधिकार आयोगको अनुगमन टोली जिल्ला प्रहरी परिसर काठमाडौं पुगेको छ।

टोलीले प्रहरीले नियन्त्रणमा राखेका प्रसाईं र सम्बन्धित प्रहरी अधिकारीहरूसँग भेट गरी विषयमा जानकारी लिएको आयोगले जनाएको छ।

आयोगको टोली मंगलबार भद्रकालीस्थित जिल्ला प्रहरी परिसरको कार्यालयमा पुगेर अभिव्यक्ति स्वतन्त्रता र शान्ति सुरक्षाको सवालमा सरकारलाई गम्भीर हुन आग्रह गरेको हो।

आयोगको टोलीले शुक्रबार जिल्ला प्रहरी परिसर भद्रकाली पुगेर प्रसाईंसहित सम्बन्धित प्रहरी अधिकारीहरूसँग भेटघाट गरी विवरण संकलन गरेको छ।

सुझावित समाचार