कर अधिकृतसहित दुईजनाविरुद्ध भ्रष्टाचार मुद्दा

बिहिबार, २१ कार्तिक, २०८२
डिजिटल संस्करण

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर अधिकृतसहित दुईजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले बिहीबार आन्तरिक राजस्व कार्यालय धरानका तत्कालीन कर अधिकृत तिलक आलेसहित दुईजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । यस्तै, अख्तियारले एक निर्माण सेवा प्रालिउपर पनि मुद्दा दायर गरेको छ ।

उनीहरूले गलत लिखत तयार गरी/गराई सार्वजनिक सम्पत्तिमा हानि नोक्सानी पुर्याई भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरिएको प्रवक्ता राजेन्द्रकुमार पौडेलले बताए।

सुझावित समाचार