ग्लोबल आइएमई र नास–आइटीबिच डिजिटल बैंकिङ र कर्जालगायतका विषयमा छलफल

बिहिबार, २१ कार्तिक, २०८२
डिजिटल संस्करण

ग्लोबल आइएमई बैंकले नेपाल एसोसिएसन अफ सफ्टवेयर एन्ड आइटी सर्भिसेस (नास–आइटी)का सदस्यसँग छलफल गरेको छ । छलफलको विषय भने बैंकको कर्जा दायरा विस्तार, नवीन बैंकिङ सेवा तथा व्यवसाय वृद्धिलगायत रहेका छन् ।

कार्यक्रममा बैंकले कर्जाका प्रकार, प्रक्रिया र आवश्यकता, आइटी क्षेत्रका लागि बैंकको कर्जा योजना, बैंकिङ सेवा, डिजिटल/नवीनतम बैंकिङ सेवा, बैंकिङ विवरण सुरक्षित राख्ने उपायजस्ता विभिन्न विषयमा छलफल गरेको थियो । 

कार्यक्रममा बोल्दै बैंकका सिइओ सुरेन्द्रराज रेग्मीले बैंकले विभिन्न पेसा तथा व्यवसायसँग आबद्ध समूह लक्षित गरी आफ्नो व्यवसाय विस्तारका लागि यस्ता अन्तक्र्रियात्मक कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिए ।

साथै, आमनागरिकमा वित्तीय साक्षरता बढाउन मुलुकभर वित्तीय साक्षरताका कार्यक्रमसमेत सञ्चालन गरिरहेको उनले बताए । बैंक र नास–आइटीबिच दुवै संस्थामा आबद्ध कर्मचारीको ज्ञान, सीप र अनुभव विकास गर्ने कार्यक्रम सञ्चालन गर्ने योजना रहेको छ । ग्लोबल आइएमई बैंक नास–आइटीको नवस्थापित दिगो कोषलाई सहयोग गर्ने पहिलो दिगो साझेदार बनेको छ । 
 

सुझावित समाचार