जसपा नेपालको केन्द्रीय समिति बैठक आज

बुधबार, २० कार्तिक, २०८२
डिजिटल संस्करण

जनता समाजवादी पार्टी (जसपा) नेपालकाे  केन्द्रीय समितिको बैठक आज बस्ने भएकाे छ । ललितपुरको सानागाउँस्थित थसी बेंक्वेटमा  बिहान ११ बजेदेखि बैठक बस्न लागेको सो पार्टीका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

बस्नेतका अनुसार वर्तमान राजनीतिक परिस्थिति, निर्वाचन, पार्टीको संगठनात्मक कार्ययोजना तथा प्रस्तावलगायत एजेन्डामा बैठक केन्द्रित हुनेछ । बैठक बिहीबारसम्म चल्नेछ ।

सुझावित समाचार