युके पठाइदिन्छु भन्दै ४२ लाख ठगी, एक व्यक्ति पक्राउ

आइतबार, १७ कार्तिक, २०८२
डिजिटल संस्करण

वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ४२ लाख ठगेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ।

युके लैजाने भन्दै लामो समयसम्म झुलाएर विदेश नपठाई सम्पर्कविहीन भएको आरोपमा प्रहरीले भक्तपुरको मध्यपुर थिमी– १, बस्ने धनुषाको जनकनन्दिनी गाउँपालिका–३ का ३१ वर्षीय राहुल पुन्जलाई पक्राउ गरेको हो।

पीडितले दिएको जाहेरी दरखास्तका आधारमा पुन्जलाई काठमाडौं–११ बाट पक्राउ गरी थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

सुझावित समाचार