राष्ट्रपति रामचन्द्र पौडेलले महाअष्टमीको अवसरमा राजधानीस्थित नक्साल भगवती मन्दिरको दर्शन गरेका छन्। मंगलबार बिहान राष्ट्रपति पौडेलले शक्तिपीठ नक्साल भगवतीमा पूजा–दर्शन गर्नुका साथै टीका र प्रसाद ग्रहण गरेका हुन्।
राष्ट्रप्रमुखको हैसियतमा प्रत्येक वर्ष महानवमी तथा महाअष्टमी पर्वको अवसरमा उपत्यकाभित्रका विभिन्न शक्तिपीठको दर्शन गर्ने परम्परा रहँदै आएको छ। यद्यपि, यस वर्ष राष्ट्रपति पौडेलले नक्साल भगवती मन्दिरको मात्रै दर्शन गरेका छन्।
नक्साल भगवती मन्दिर उपत्यकाभित्रका प्रमुख शक्तिपीठमध्ये एक मानिन्छ।