बंगलादेशमा डेंगुबाट १७९ जनाको मृत्यु

बिहिबार, ९ असोज, २०८२
डिजिटल संस्करण

बंगलादेशमा यस वर्षको सुरुदेखि हालसम्म डेंगुबाट १७९ जना मानिसको मृत्यु भएको सरकारी तथ्यांकले देखाएको छ । बंगलादेशभरि डेंगुको संक्रमण तीव्र गतिमा बढिरहेको छ । स्वास्थ्य अधिकारीहरूले यस वर्ष मृत्यु र अस्पताल भर्ना दुवैमा एकै दिन सबैभन्दा ठुलो वृद्धिको रिपोर्ट गरेका छन् ।

पछिल्लो २४ घण्टामा डेंगुबाट बाह्रजनाको मृत्यु भएको र ७४० नयाँ बिरामी अस्पताल भर्ना भएका स्वास्थ्य सेवा महानिर्देशनालयले जनाएको छ । यस वर्ष हालसम्म डेंगुबाट लगभग ४२ हजार संक्रमित भएका छन् ।

लामखुट्टेबाट हुने यो रोगलाई मुलुकको सबैभन्दा खराब प्रकोप मानिएको छ । डेंगुबाट उच्च ज्वरो आउने, टाउको दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुने, मांसपेशी दुख्ने र सबैभन्दा गम्भीर रूपमा रक्तस्राव हुन्छ । अत्यधिक रक्तस्रावका कारण मानिसको मृत्युसमेत हुन सक्छ ।

 विश्व स्वास्थ्य संगठनले लामखुट्टेबाट सर्ने डेंगुसहित चिकुंगुन्या, पहेँलो ज्वर र जिकाजस्ता रोग जलवायु परिवर्तनका कारण छिटो र थप फैलिरहेको चेतावनी दिएको छ ।  बंगलादेशको स्वास्थ्य सेवा महानिर्देशनालयले आइतबार राति प्रकाशित गरेको तथ्यांकअनुसार डेंगुबाट दुई लाखभन्दा बढी संक्रमित हुँदा एक हजार ६ जनाको मृत्यु भइसकेको छ ।

सुझावित समाचार