बागलुङमा चाडपर्वलक्षित यात्रु सहायता कक्ष सञ्चालन

सोमबार, ६ असोज, २०८२
डिजिटल संस्करण

बडादसैँ र तिहारलगायतका चाडपर्वहरू नजिकिएसँगै जिल्लाका विभिन्न स्थानमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको छ ।

चाडबाडको समयमा यात्रुलाई पर्ने समस्यालाई लक्षित गरी जिल्लाको मुख्य चार स्थानमा ‘यात्रु सहायता कक्ष’ स्थापना गरिएको हो । यात्रुलाई लामो र छोटो दूरीको यात्रा गर्दा समस्या नपरोस् भनेर कक्षको स्थापना गरिएको जिल्ला ट्राफिक कार्यालय बागलुङका प्रमुख मीनबहादुर कुँवरले जानकारी दिए । 

बागलुङ जिल्लाको मुख्य प्रवेशद्वार मालढुंगा, जिल्ला ट्राफिक कार्यालय बागलुङको परिसर, गलकोटको हटिया बजार र बुर्तिवाङ बजारमा यात्रु सहायता कक्ष स्थापना गरिएको कुँवरले जानकारी दिए ।

चाडवाडको सयमा यात्रुलाई पर्न सक्ने असुविधालाई मनन गर्दै भाडादरको सूचना बोर्डसहित यात्रु सहायता कक्ष स्थापना गरिएको हो । यात्रुले सहायता कक्षबाट आफ्नो गन्तव्यको भाडादर हेर्न सक्नेछन् । यात्रुलाई लामो र छोटो दूरीको यात्रा गर्दा समस्या नपरोस् भनेर कक्षको स्थापना गरिएको कुँवरले बताए ।

‘जिल्लाभित्र चल्ने सवारीसाधन र बाहिरबाट भित्रिने सवारीसाधनमा यात्रा गर्दा यात्रुलाई समस्या पर्याे भने तत्काल समाधान गर्नका लागि कक्षको स्थापना गरिएको छ कुँवरले भने, ‘चाडपर्वको समयमा सवारी भाडाका कारण यात्रु ठगिने समस्या पनि हुन्छ यसका साथै सामान हराउने, क्षमताभन्दा बढी यात्रु राख्दा दुर्घटना हुने जोखिम कम गर्न सहायता कक्षा सञ्चालनमा ल्याएका छौँ २४ सै घण्टा  खुल्ला रहनेछ ।’ सहयता कक्षा घटस्थापनाको दिनदेखि छठ पर्वसम्म नै सञ्चालनमा रहने कुँवरले बताए । 

यात्रु सहायतका कक्षको बागलुङका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले शुभारम्भले गरेका थिए ।  उद्घाटनपछि बोल्दै गुरुङले चाडबाडमा यात्रु ठगिन नदिन यात्रु सहायता कक्षको स्थापना गरिएको बताए । उनले यात्रु ठगिएको सामान लुटपाट गरिएकोलगायतको विषयमा तत्कालै उजुरी सँगै सुनुवाइ हुने बताए ।

बागलुङमा राष्ट्रिय गौरवका आयोजना मध्यपहाडी लोकमार्ग, कालीगण्डकी करिडोरका साथै मुस्ताङ जाने सडक पनि पर्ने हुँदा यहाँ सवारीसाधनको चाप बढी नै हुने गर्दछ । 

सुझावित समाचार