देशका ३५ गाउँपालिकालाई एम्बुलेन्स वितरण गर्दै काठमाडौं महानगर

आइतबार, ५ असोज, २०८२
डिजिटल संस्करण

काठमाडौं महानगरपालिकाले देशका ३५ वटा गाउँपालिकालाई एम्बुलेन्स वितरण गर्ने भएको छ। एक वर्षदेखि रोकिएको एम्बुलेन्स वितरण कार्य आगामी मंगलबारदेखि सुरु गर्ने मेयर बालेन्द्र शाह (बालेन)ले फेसबुकमार्फत् जानकारी दिएका हुन्।

‘विगत १ वर्षदेखि विभिन्न कारणले रोकिएको एम्बुलेन्स वितरण कार्य २०८२–०६–०७ गते मङलबारबाट सुरु गर्दै छौँ। पहिलो चरणमा देशभरका दुर्गम तथा मापदण्डका आधारमा छनौट गरिएका ३५ वटा गाउँपालिकालाई  एम्बुलेन्स वितरण गर्दैछौँ। एम्बुलेन्स वितरणका लागि पारदर्शी मापदण्ड बनाई स्वास्थ्य सुविधा अभावमा पिछडिएका स्थानलाई प्राथमिकता दिइएको हो,’ बालेनले भनेका छन्।

सुझावित समाचार