साबालेन्काले जितिन् युएस ओपन

सोमबार, २३ भदौ, २०८२
डिजिटल संस्करण

 विश्व नम्बर एक खेलाडी आर्यना साबालेन्काले अमेरिकन खेलाडी अमान्डा एनिसिमोभालाई २–० को सहज सेटमा पराजित गर्दै युएस ओपन उपाधि लगातार दोस्रोपटक जितेकी छिन् । न्युयोर्कमा आइतबार भएको महिला एकल फाइनलमा बेलारुसकी २७ वर्षीया साबालेन्काले ६–३, ७–६ (७–३) ले जितेकी हुन् ।

उपाधि जितेपछि साबालेन्काले खुसी मनाइन् । यस वर्ष उनी दुई ग्रान्डस्लामको फाइनलमा पराजित भएकी थिइन् । उनले दोस्रो सेटको टाइब्रेकरमा उत्कृष्ट प्रदर्शन गर्दै तेस्रो च्याम्पियनसिप प्वाइन्ट रक्षा गरेकी थिइन् । 

साबालेन्काले आफ्नो चौथो ग्रान्डस्लाम एकल उपाधि जितेकी हुन् । यस सिजनमा उनले डब्लुटिए टुरमा प्रभावशाली प्रदर्शन गरेकी थिइन् । तर, ग्रान्डस्लाममा उनको प्रदर्शन कमजोर रह्यो । यसअघि साबालेन्काले अस्ट्रेलियन ओपन २०२३ र २०२४ मा जितेकी थिइन् । तर, यस वर्ष उनी फ्रेन्च ओपनको फाइनलमा पराजित भइन् । आठौँ वरीयताकी २४ वर्षीया एनिसिमोभाले दोस्रो खेलमा महत्वपूर्ण अंक गुमाएकी थिइन् । 
 

सुझावित समाचार