प्रेस स्वतन्त्रता हननका ९४ घटना

बुधबार, २९ साउन, २०८२
डिजिटल संस्करण

गत आर्थिक वर्षमा प्रेस स्वतन्त्रता हननका ९४ घटना भएका छन् । प्रेस काउन्सिल नेपालले काउन्सिलमा दर्ता भएका निवेदन र नियमित अनुगमनका आधारमा प्रेस स्वतन्त्रतासम्बन्धी ९४ घटना भएका जनाएको हो ।

०८१ साउन १ देखि ०८२ असार ३२ गतेसम्म गरिएको अनुगमनमा प्रेस स्वतन्त्रता हननका ९४ घटना भएका हुन् । सबैभन्दा बढी बागमती प्रदेशमा ३८ वटा घटना भएका छन् ।

त्यसैगरी, मधेश प्रदेशमा २५, सुदूरपश्चिम र कोशीमा आठ–आठ, कर्णालीमा सात, गण्डकीमा चार, लुम्बिनीमा तीन र देशबाहिर एक घटना भएका छन् । लैंगिक आधारमा हेर्दा यो अवधिमा भएका घटनामा ९६ पुरुष र १० महिला गरी १०६ जना पत्रकार पीडित भएका पाइएको छ । 

समीक्षा अवधिमा बागमतीमा चार, मधेशमा तीन र कर्णाली प्रदेशमा दुई प्रेस स्वतन्त्रता दुरुपयोगको घटना भएका काउन्सिलले जनाएको छ । 

सुझावित समाचार