सभामुख घिमिरे प्रमुख सचेतकहरूसँग छलफलमा जुटे

मंगलबार, २८ साउन, २०८२
डिजिटल संस्करण
सभामुख घिमिरे प्रमुख सचेतकहरूसँग छलफलमा जुटे

फाइल फोटो

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले प्रमुख पाँच दलका प्रमुख सचेतकहरूसँग छलफलमा जुटेका छन्। मंगलबारको संसद् बैठक सकिएलगत्तै उनी प्रमुख सचेतकहरूसँग छलफलमा जुटेका हुन्।

‘संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको त्रुटि छानबिन विशेष समिति’ कार्यान्वयनका विषयमा संसद् बैठक सकिएलगत्तै सिंहदरबारमा प्रमुख पाँच दलका प्रमुख सचेतकसँग छलफल भइरहेको सभामुखको सचिवालयले जनाएको छ। यसअघि सभामुख घिमिरेले मंगलबार बिहान ११ बजे प्रमुख सचेतकहरूसँग गर्ने भनिएको संयुक्त छलफल अन्तिम समयमा आएर स्थगित भएको थियो। 

सभामुख घिमिरेले सोमबार सिंहदरबारस्थित कार्यकक्षमा प्रतिनिधिसभामा पेस भएको उक्त प्रतिवेदन कार्यान्वयनबारे नेकपा एमालेका मुख्य सचेतक महेशकुमार बर्ताैला र नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेसँग छलफल गरेका थिए। 

सचिवालयका अनुसार सोमबार नै सभामुख घिमिरेले संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयसँग पनि सभामुख घिमिरेले छलफल गरेका थिए। 

सुझावित समाचार