जलवायु मामिलामा अमेरिका–चीन सहकार्य अपरिहार्य

मंगलबार, १४ साउन, २०८२
डिजिटल संस्करण
  • जलवायु नीतिबाट पछाडि हट्ने वासिंटनको चेतावनीलाई बेइजिङले उत्सवको रूपमा मनाएको छैन । चीनलाई थाहा छ कि अमेरिकाले आफ्नो जलवायु प्रतिबद्धता त्याग्यो भने विश्वव्यापी तापमानलाई नियन्त्रण गर्ने प्रयासमा ठेस लाग्नेछ ।

न्युयोर्क टाइम्समा टम फ्राइडम्यानको हालैको स्तम्भ ‘ट्रम्पको बिग, व्युटिफुल बिल’ले चीनलाई फेरि महान् बनाउनेछ भन्ने विवरण समयसापेक्ष छ । कडा मिहिनेतले प्राप्त गरेको ऊर्जा नीतिबाट अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बाहिरिने सम्भावना (अब वास्तविकतामा परिणत भएको) बारे फ्राइडम्यानले सावधानीपूर्वक सचेत गराएका छन् । नीतिबाट हात झिकेमा यसले अमेरिकाको आर्थिक भविष्यलाई मात्र खतरामा पार्दैन, बरु जलवायु परिवर्तनविरुद्धको विश्वव्यापी लडाइँलाई पनि कमजोर बनाउँछ ।

तर, ट्रम्पको वातावरणविरोधी निर्णयको प्राथमिक लाभार्थी चीन हो भनी दाबी गरेर फ्राइडम्यानले विश्वव्यापी जलवायु सहयोगलाई लामो समयदेखि जटिल बनाउने शून्ययोगको तर्कलाई बलियो बनाउने जोखिम मोलेका छन् ।चीनले स्वच्छ ऊर्जामा ठुलो प्रगति गरेको छ । यसले सौर्य र वायु ऊर्जा उत्पादन र प्रयोगमा सम्पूर्ण विश्वको नेतृत्व गर्छ । विद्युतीय सवारीसाधन (इभी) र ब्याट्रीहरूका लागि विश्वव्यापी आपूर्ति शृंखलामा चीनले प्रभुत्व जमाएको छ र हरित पूर्वाधारमा ठुलो मात्रामा लगानी गरेको छ । स्मरणीय रहोस्, यस्ता उपलब्धि प्राप्त गर्न वर्षौं लागेको छ र हाम्रा अगाडि गम्भीर चुनौती पनि छन्। चीन अझै पनि आर्थिक वृद्धि र जनताको जीविकोपार्जनको निम्ति विद्युत् उत्पादनका लागि कोइलामा धेरै निर्भर छ र देशको स्वच्छ ऊर्जामा संक्रमण पूरा गर्न अझै लामो समय लाग्छ । र, यो सजिलो काम पनि होइन ।

जलवायु नीतिबाट पछाडि हट्ने वासिङटनको चेतावनीलाई बेइजिङले उत्सवको रूपमा मनाएको छैन । यसविपरीत, चीनलाई थाहा छ कि अमेरिकाले आफ्नो जलवायु प्रतिबद्धता त्याग्यो भने विश्वव्यापी तापमानलाई नियन्त्रण गर्ने प्रयासमा ठेस लाग्नेछ, तथापि असम्भव भन्ने कुरा केही छैन । एउटा देशले हात झिक्दैमा जलवायु संरक्षणको महान् कार्य अगाडि नबढ्ने होइन । अमेरिकाको सम्भावित कदमले सबै देशका लागि ऊर्जा संक्रमणमा ढिलाइ गर्नेछ र विकासशील र उदीयमान अर्थतन्त्रलाई गलत संकेत दिनेछ ।

जलवायु कार्यमा अमेरिकाले हारे चीन जित्छ भन्ने विचार भूराजनीतिक मृगतृष्णा हो । खेल जित्ने त्यहाँ कुनै स्कोरबोर्ड छैन । छ त केवल बढ्दो तापमानको स्तर मात्र ।
फ्राइडम्यानको तर्कले अमेरिकी बहसमा फराकिलो ढाँचा झल्काउँछ, घरेलु कार्यलाई उत्प्रेरित गर्न चीनलाई बयानबाजी उपकरणको रूपमा प्रयोग गर्नु । यस्तो बहसबाट निस्कने सुझाव यो हो कि अमेरिकाले विज्ञान र प्रविधिमा लगानी बढाउनुपर्छ, आफ्नो पूर्वाधार र शिक्षा प्रणालीमा सुधार गर्नुपर्छ, किनभने चीनले निरन्तर यही कार्य गरिरहेको छ । यो रणनीतिले छोटो अवधिको राजनीतिक गति उत्पन्न गर्न सक्छ, तर यसले अमेरिका र चीन हरेक मोर्चामा विरोधी छन् भन्ने गलत व्याख्यालाई पनि बलियो बनाउँछ ।

जलवायु नीतिको सन्दर्भमा यसले हामीविरुद्ध उनीहरू भन्ने मानसिकतामा मलजल गर्ने जोखिम ल्याउँछ, जबकि संसारलाई यसविपरीत गतिविधि आवश्यक छ, साझा विश्वव्यापी चुनौतीलाई सम्बोधन गर्न सँगै काम गर्नु । कुनै पनि देशले अर्को देशको गल्तीलाई रणनीतिक लाभको रूपमा हेर्ने पासोमा पर्नु हुँदैन । स्वच्छ ऊर्जामा चीनको सफलतालाई विश्वले स्वागत र प्रोत्साहन गर्नुपर्छ । 

(चाइना डेलीबाट)
 
 

See More On

सुझावित समाचार